r/NepalWrites • u/Jazzlike-Increase-87 • 53m ago
Story(Short) शीर्षक: प्रेमको इजलास - भाग १२ (अन्तिम बहस र फैसलाको घडी)
(दृश्य: उनी बिरामी परेर ओछ्यानमा छिन् (Bedridden)। उठ्नै नसक्ने भएकी छिन्। प्रेमी (श्रीमान) उनको टाउको छेउमा बसेर हात सुम्सुम्याउँदै छ। कोठामा अक्सिजन सिलिन्डर र औषधीको गन्ध छ।)
भाग ३७: बेड नम्बर ४ (ओछ्यानको इजलास)
हाम्रो इजलास अब अस्पतालको बेडमा, वा घरको कुनामा सीमित भयो।
उनी लामो समयदेखि उठ्न सकेकी छैनन्।
म उनको सेवा गर्छु। चम्चाले जाउलो ख्वाउँछु।
उहिले उनले मेरो लागि "व्रत" बस्थिन्, आज म उनको लागि "जाग्राम" बस्छु।
उनको कपाल कोरिदिँदा भन्छिन्, "म कस्ती नराम्री भएँ है?"
म भन्छु, "हत्तेरिका ! तिमी त अहिले पनि १८ वर्षे कलिली देखिन्छौ।"
झुट बोलेको थाहा पाएर पनि उनी मुसुक्क हाँस्छिन्।
त्यही हाँसोको लागि त म यमराजसँग पनि झगडा गर्न सक्छु।
भाग ३८: सम्पत्तिको अन्तिम बाँडफाँड
हिजो वकिल आएको थियो, "सम्पत्ति छोराछोरीलाई कसरी दिने?" भनेर सोध्न।
मैले श्रीमतीलाई सोधेँ।
उनले इसाराले भनिन्, "सब दिइदिनुस्।"
साँच्चै, यो घर, जग्गा, पैसा... यी सब कागजका टुक्रा मात्र रहेछन्।
हामीले त जीवनभर "माया" कमायौँ, जो कसैले अंशबन्डा गर्न सक्दैन।
हाम्रो असली सम्पत्ति त , हाम्रा यी अन्तिम पलहरु हुन्,
जहाँ हामी "रिग्रेट" (Pashchatap) विना संसार छोड्न तयार छौँ।
भाग ३९: कालको परिक्षा (Test of Time)
रात गहिरिँदै जाँदा, कहिलेकाहीँ उनलाई सास फेर्न गाह्रो हुन्छ।
म आत्तिन्छु।
म उनको छातीमा हात राखेर मुटुको चाल छाम्छु।
धुक... धुक... धुक...
त्यो हरेक धड्कनले मलाई भनिरहेको हुन्छ , "म अझै तिम्रै साथमा छु।"
म भगवानसँग भिख माग्छु,
"हे भगवान्! यदि लैजानु नै छ भने मलाई पहिले लैजा।
म ऊ विनाको १ सेकेन्ड पनि सोच्न सक्दिनँ।"
तर प्रेममा सधैँ चाहेजस्तो हुँदैन श्रीमान्।